२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

‘दही मोही खाऔँ, कोल्डड्रिङ्स भगाऔँ’ नारा राखेर रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड बजेट

रामेछाप । रामेछाप नगरपालिकाले ‘दही मोही खाऔँ, कोल्डड्रिङ्स भगाऔँ’ जस्ता आकर्षक नारा राखेर आर्थिक वर्ष २०८१/०८२ को लागि ७३ करोडको बजेट सार्वजनिक गरेको छ ।

आइतबार नगरपालिकाका उपप्रमुख बाला कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएकी हुन् । नगरपालिकाले चालु तर्फ ५४ करोड ७ लाख १५ हजार ५ सय रुपैयाँ विनियोजन गरेको छ । पुँजीगततर्फ भने १८ करोड ९८ लाख ७२ हजार ९ सय ८३ रुपैयाँ विनियोजन गरिएको छ । बजेट तथा नीति कार्यक्रममा नगरले सडक निर्माणलाई जोड दिएर २ करोड माथिका ४ योजना सडक स्तरोन्ति लागि बजेट विनियोजन गरेको छ ।

नगरप्रमुख लवश्री न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि वडा नं १ को चण्डेश्वरी माध्यमिक विद्यालयलाई प्रशासकीय केन्द्र मानी मेघा विद्यालय सञ्चालन गरिने उल्लेख छ । विद्यालयमा साथीबाट सिक्ने साथीलाई सिकाउने प्रणाली अपनाइने नीति तथा कार्यक्रममा राखिएको छ ।

यसैगरी साँघुटार स्वास्थ्य चौकीलाई नगर अस्पतालमा रूपान्तरण गर्ने, गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम , स्थानीय रैथाने बाली संरक्षण लगायतका कार्यक्रम पनि राखिएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।