२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

उनले पीडितहरुलाई माल्टा लैजाने भनी वर्किङ भिषा देखाई विश्वास दिलाई पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिषा भनी जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको पनि अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं बुझाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।