२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

६१५ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ

सिन्धुली । सिन्धुली प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट ६१५ किलो गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले चिसापानीस्थित थोले व्लोनको गोठमा उदयपुर कटारी–६ घर भई हालचिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिनलाई गाँजासहित पक्राउ गरेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

सिन्धुलीमा ३ वर्षयता नै ठूलो परिमाणमा गाँजा बरामद भएको हो । बरामद गाँजा र नियन्त्रण लिएको पाख्रिनको थप अनुसन्धान भइरहेको एसपी काफ्लेले जनाए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।