२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

मेलबर्नमा युथोपियाका बाणिज्य दुत डा. गिरीलाई सम्मान

मेलर्बन । नेपालका लागि युथोपियाका बाणिज्य दुत डा राजेन्द्र गिरिलाई सम्मान गरिएको छ । हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलियाले हुम सिटि काउन्सिलको सभाहलमा गिरीलाई अभिनन्दन तथा सम्मान गरेको छ ।

आज एक कार्यक्रममा दोसल्ला प्रशंसा पत्रसाहित बाणिज्य दुत डा.गिरिलाई सम्मान गरिएको हो। हिमालयन आउट्रीचका कोषाध्यक्ष एबं कार्यक्रम संयोजक डम्बर काफ्लेले कार्यक्रममा स्वागत गर्दै नेपालमा अफ्रिकी मुलुक युथोपिया सग बाणिज्य लगाएत कुटनैतिक क्षेत्रमा डा गिरिले पुर्याएको योगदान बारे चर्चा गरेका थिए।

सोही अबसरमा हिमालयन आउट्रीचका अन्तर्राष्ट्रिय निर्देशक हाम्जा वारियोले युथोपिया र नेपालको सस्कृती मिल्दोजुल्दो रहेको साथै अन्तरदेशीय सास्कृतीक सम्बन्धमा बढवा दिन कार्यक्रम आयोजना गरिएको बताए। निर्देशक हाम्जाले आगामी दिनमा सास्कृतीक गतिविधिलाई प्राथमिकता राख्दै कार्यक्रम गरिने बताए। भुटानी सिनियर सिटिजनका तर्फबाट डिल्ली राम अधिकारले सम्मान गर्दै मन्तव्य ब्यक्त गरेका थिए।

सम्मानित भएपछि बाणिज्य दुत डा गिरिले खुशी व्यक्त गर्दै आगामी दिनमा बाणिज्य दूतावासको तर्फबाट सास्कृतीक आदनप्रदान गर्न साथ रहने बताए। सोही अबसरमा डा गिरिका धर्मपत्नी कमला गीरीलाई समेत सम्मान गरिएको थियो। सोही अबसरमा नेपाली भाषी भुटानीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व हिमालयन आउट्रेचका उपाध्यक्ष थोमस किप्लरले गरेका थिए। यस अगी हिमालय आउट्रीच अन्तर्राष्ट्रिय मुख्यालयमा युथोपियाका बाणिज्य दुत डा गिरिले भ्रमण गर्नु भएको थियो।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।