२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।

त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा सबै विषयगत मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायको कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने समेत कार्यसूची छ ।

अर्थमन्त्री वर्षमान पुनले आजै ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, अर्थमन्त्री पुनले ‘आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।