२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

अब महाधिवेशनलाई कसैले राेक्न सक्दैन; झलनाथ खनाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन्।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताए।

उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने बताए। उनले पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने बताए। उनले महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाउन आग्रह गरे।

उनले भने, ‘हामी नौ दिनपछि हाम्रो १० औं महाधिवेशन उद्घाटन गर्न गइरहेका छौँ। यसको पूर्वघडिमा यो फुटबल आयोजना गरेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिप्रेरित गर्ने काम खेलकुद महासंघदले गरेको छ। महाभिवेशन हाम्रो कम्युनिष्ट आन्दोलनको इतिहासमा नै अत्यन्त महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुँदैछ। यसलाई सफलीभुत पार्नु हाम्रो पार्टीका सम्पूर्ण समर्थक, शुभचिन्तकहरुको प्रमुख अभिभारा हो। हामी तम्तयारी जसरी अघि बढाउँदै छौँ, अब यो महाधिवेशन सफलतापूर्वक सम्पन्न हुन्छ नै। यसलाई रोक्न, छेक्न, डिस्टर्ब गर्नसक्ने कुनै शक्ति अहिले नेपालमा छैन कमरेडहरु। यो सफल हुन्छ नै। यसलाई सफलीभुत बनाउन सबै एकतावद्ध हौँ। ऐतिहासिक महाधिवेशन बनाऔँ। प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाऔँ।’

सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।