ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले भैंसेपाटीका मनोज कुमार बानियामाथि खुकुरी प्रहार गरेका हुन् । बानियाले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश राज सुवेदीले लोकान्तरलाई बताए ।
टाउको र हातमा चोट लागेका बानियाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको सुवेदीले जानकारी दिए ।
उनले भने, ‘आपसी विवादमा खुकुरी प्रहार गरेको देखिन्छ, हामीले कटेज नजिकै रहेको सीसीटीभी फुटेज समेत हेरेर थप अनुसन्धान गर्दैछौं ।’












