२०८२ फाल्गुन ३ आईतवार
२०८२ फाल्गुन ३ आईतवार

दिल्लीका मुख्यमन्त्रीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जमानत

नयाँ दिल्ली । दिल्लीको एक अदालतले मदिराको अन्तः शुल्क नीतिसम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बिहीबार जमानत दिएको छ ।

“प्रवर्तन निर्देशनालय (ईडी) को सबै आपत्तिलाई अस्वीकार गर्दै सम्मानित अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ,” आम आदमी पार्टी (आप)ले सामाजिक सञ्जालमा लेखेको छ ।

बिहीबार साँझ आदेश जारी भएपछि आदेशलाई पुनरावेदन गरी चुनौती दिन सकियोस् भनी ईडीले जमानतपत्रमा हस्ताक्षर गर्न ४८ घण्टा पछि सार्न अनुरोध गरेको थियो ।

न्यायाधीशले उक्त आदेशमा रोक लगाउन अस्वीकार गरेका थिए । जमानतपत्र शुक्रवार न्यायाधीश समक्ष पेश गरिनेछ । आम आदमी पार्टी (आप) का प्रमुखसमेत रहेका केजरीवाल शुक्रबार जेलबाट बाहिर निस्कने सम्भावना छ किनभने जमानतको आदेश पहिले जेल पुग्नुपर्ने हुन्छ ।

केजरीवाललाई ईडीले गत मार्चमा विशिष्ट व्यक्तिहरूको पक्षमा मदिरामा अन्तःशुल्क निर्धारणमा प्रत्यक्ष संलग्नतासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा गिरफ्तार गरेको थियो ।

सन् २०२२ को अगष्टमा भारतको प्रमुख अनुसन्धान निकाय सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले दिल्ली सरकारले घूस खाएका केही मदिरा व्यापारीलाई फाइदा पुर्‍याउन उक्त नीतिको प्रयोग गरेको आरोप लगाएपछि दिल्लीको अन्तःशुल्क नीतिको अनुसन्धान सुरु भएको थियो । उक्त नीति पछि खारेज गरिएको थियो ।

गत महिना भारतको सर्वोच्च अदालतले केजरीवाललाई देशको आम चुनावमा आफ्नो पार्टी र विपक्षी गठबन्धनका लागि प्रचार गर्न जुन १ सम्मका लागि अन्तरिम जमानत दिएको थियो । अन्तरिम जमानत अवधि सकिएपछि उहाँ जेठ २८ गते जेल फर्किनुभएको थियो ।

आम आदमी पार्टीले एक दशकभन्दा बढी समयदेखि भारतको राष्ट्रिय राजधानी क्षेत्रमा शासन गर्दै आएको छ । यसले उत्तरी भारतीय राज्य पञ्जाबमा पनि शासन गर्छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।