२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

संखुवासभामा बाढीले पक्की पुल बगायो

संखुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडकमा पर्ने एकुवाखोला माथिको पक्की पुल बुधबार राति आएको बाढीले बगाएको छ ।

मकालु गाउँपालिकाबाट भोटखोला जोड्ने पक्की पुल बगाएको हो । उत्तर-दक्षिण कोशी सडक योजनाकाअनुसार करिब ३० मिटर लामो पक्की पुल एकुवा खोलामा आएको बाढीले बगाएको हो । पुल बगाउँदा ४ करोडभन्दा बढी क्षति भएको योजना प्रमुख ईन्जिनियर सविन कोइरालाले बताए । यो पुल उत्तर दक्षिण कोशीले २०७९ मंसिरमा निर्माण सम्पन्न गरेको थियो । उनकाअनुसार करिब ४ करोडको लागतमा १८ महिनाअघि पुल निर्माण सकिएको थियो । पुल बगाएसँगै भोटखोला गाउँपालिका आवतजावत गर्न अप्ठेरो परेको उनले बताए ।

ईन्जिनियर कोइरालाकाअनुसार गत एक सातामा बाढी र पहिरोले उत्तर-दक्षिण कोशी सडक खण्डमा मात्रै झण्डै ४ करोड क्षति भएको छ । खाँदबारी नुम३९ किमि सडकअन्तर्गत खाँदबारी थामसेर्कु १४ किलोमिटरमध्ये ठूलोढुंगा अरुण थान ५ किमिमा सवबेस गरिएको सडक बगाएको छ । निर्माण कम्पनी शर्मा शिवशक्ति जेभीका म्यानेजर विनोद ढकालका अनुसार यो खण्डमा १ करोड बराबरको सडक क्षति भएको छ । त्यस्तै, थामसेर्कु कप्ताने १२ किलोमिटर सडक र कप्ताने नुम १३ किमि सडक खण्डमा नाली, ग्याविन पर्खाललगायत सडक बगाउँदा ३ करोडभन्दा बढीको क्षति भएको उनले बताए ।

‘यो सडक खण्ड किमाथांका हुँदै चीनसँग जोडिन्छ । भौगोलिक हिसाबले यो खडक जोखिम मानिन्छ,’ ईन्जिनियर कोइरालाले भने, ‘अति दुर्गममा रहेकाले वर्षात्‌मा बढी पानी पर्ने र बाढी पहिरो जाने भएकाले धेरै समस्या छ । भारी वर्षाका कारण कमजोर भूगोल हुँदा बढी क्षति बेर्होर्नु परेको छ,’ उनले भने, ‘पछिल्लो समय निर्माण व्यवसायीले दक्ष प्राविधिक लगाएर सडकको काम गरिरहेको छ । यो सडक हुँदै ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानी हुन्छ । सडक अवरुद्ध हुँदा चिचिला, मकालु र भोटखोला गाउँपालिका प्रभावित हुन्छ । सवबेस गरिएको सडक बगाए पनि अवरोध सडक भने चालु गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।