२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

काठमाडौँ । सत्तासमीकरण दलका तीन शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्तासमीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल हुँदैछ ।

पछिल्लो समयमा बजेटका विषयमा सत्तासमीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरूले सार्वजनिक रूपमै आलोचना गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्तासमीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।