२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

संसद भवनमा भिडियो कल गर्दै जवानले आफूलाई गोली हानेको प्रारम्भिक आशंका

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनभित्र बुधबार बिहान प्रहरी जवानले भिडियो कल गर्दै आफूलाई गोली हानेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ।

बिहान अजित गोलेले दुई नम्बर गेट नजिकै रहेको शौचालयभित्र पुगेर आफैंलाई निधारमा गोली हानेका थिए। स्रोतका अनुसार घटनास्थलमा जवानको मोबाइल भित्तामा ठाडो पारेर राखिएको अवस्थामा पाइएको थियो।

‘त्यसैले उनले कसैलाई भिडियो कल गर्दै गोली हानेका हुन् की भन्ने प्रारम्भिक आशंका छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने। मोबाइल लक भएका कारण प्रहरीले यकिन गर्न सकेको छैन। ‘मोबाइललाई डिजिटल फरेन्सिक ल्याबमा पठाएर हेरेपछि थाहा हुन्छ’, ती अधिकारीले भने।

प्रहरीको विशेष कार्यदलमा दरबन्दी भएर संसद भवनको सुरक्षार्थ खटिएका अजित अविवाहित हुन्। उनी काठमाडौको थलीमा बस्दै आएका थिए। बुधबार बिहान ६ देखि १० बजेसम्म अजितको त्यहाँ ड्युटी थियो। २०७८ सालमा प्रहरी सेवा सुरु गरेका मृतक अजितका आफन्तहरु प्रहरीको सम्पर्कमा आएका छन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।