२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

दार्चुलाको भूमिराज विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या

काठमाडौँ । दार्चुलाको भूमिराज आधारभूत विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । शैल्यशिखर नगरपालिका–४ तल्लोकाँडापारी रहेको भूमिराज आधारभूत विद्यालयको छाना अस्ति सोमवार बेलुका हावाहुरीले उडाएको हो ।

हावाहुरीले जस्तापाताले छाएको विद्यालयको चार कोठे भवनको छाना उडाएको र पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्टले बताउनुभयो । हावाहुरीले अर्को तीन कोठे भवनमा पनि आंशिक क्षति पुर्‍याएको छ । विद्यालयभित्र रहेका शैक्षिक सामग्रीमा पनि क्षति पुगेको छ ।

२०६५ सालमा निर्माण भएको विद्यालय भवनमा दोस्रोपटक हावाहुरीले क्षति पुर्‍याएको हो । दुई सय ५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयको भवनमा क्षति पुगेपछि नियमित पढाई प्रभावित भएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।