२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

एरिकालाई शिरिष फाउन्डेसनको प्रायोजन

काठमाडौँ । पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९ औँ एसियाली खेलकुदको कराँतेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ । फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र एरिकाले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरे । सम्झौता १ वर्ष कायम रहने छ ।

सम्झौता अनुसार फाउन्डेसनले एरिकालाई खेल पोसाक र खेल सामाग्री उपलब्ध गराउने, प्रशिक्षण/प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने, प्रोत्साहन स्वरूप मासिक १५ हजार नगद प्रदान गर्ने, उत्कृष्ट प्रदर्शनका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गर्नेलगायत छन् । फाउन्डेसनको यो कार्यमा निलम गहना, पम्प फर जिम, इन्फिनिटी एक्टिभ वेयर र गोल्डस्टार सुजले सहयोग गरेको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाएका छन् ।

प्राविधिक विज्ञको सुझाव अनुसार एरिकालाई छनोट गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।

सम्झौतापछि एरिकाले नेपाली खेलकुदमा शिरिष नाम नै नयाँ खेलाडीका लागि प्रेरणाको श्रोत भएको बताउँदै फाउन्डेसनसँग जोडिन पाउँदा खुसी लागेको बताइन् । अध्यक्ष शिरिषले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको बताउँदै फाउन्डेसनको उद्देश्यलाई विश्वास गरेर सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।