२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

तेस्रो दिन पनि आईटी आर्मीको वैदेशिक रोजगार विभागमा धर्ना

काठमाडौँ । आम जनता पार्टी निकट आईटी आर्मीले वैदेशिक रोजगार विभागमा धर्ना दिने कार्यलाई जारी राखेको छ। मंगलबार आज तेस्रो दिन पनि विभिन्न मागसहित आईटी आर्मीले विभागमा धर्ना दिएको हो ।

वैदेशिक रोजगारीमा जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन दबाब दिने उद्देश्यका साथ धर्ना थालिएको आईटी आर्मीले जनाएको छ ।

जसअनुसार विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठगीमा संलग्न म्यानपावर र एजेन्टलाई कारवाई गर्नुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने जस्ता मागहरू आईटी आर्मीले माग राखेको छ ।

वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउबाट सुरु भएको आन्दोलन माग पुरा नभएसम्म जारी रहने आईटी आर्मीले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।