२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

एमालेसँग कुनै खटपट भएको छैन : महासचिव गुरुङ

काठमाडौँ । माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै खटपट नभएको बताएका छन् । उनले बजेटको विषयमा एमालेको असन्तुष्टिलाई लिएर कुनै समस्या नभएको बताएका हुन् ।

साथै उनले सरकारलाई समर्थन गरेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जसपा)लाई सरकारमा ल्याउन एमालेसँग निरन्तर छलफल भइरहेको समेत स्पष्ट पारे ।

‘बजेटलाई लिएर एमालेको असन्तुष्टिले सरकार सञ्चालनमा खटपट आएको छैन । नाउपा र जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा एमालेसँग छलफल भइरहेको छ । उसको माग बमोजिम जपाले मधेसमा मुख्यमन्त्री पाइसकेको छ । सङ्घ सरकारमा ल्याउने विषयमा पनि कुरा भइरहेको छ । अहिले नाउपा मात्र सरकारमा आउने भए एक सिट खाली गर्नुपर्छ । एमाले र माओवादीले मध्ये कसले खाली गर्ने विषय टुङ्गिएको छैन । दुवै पार्टी सरकारमा आउने भए दुई पार्टीले एक÷एक सिट खाली गर्नुपर्छ’, उनले भने ।’

अर्थमन्त्री वर्षमान पुनले संसद्‌मा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेटलाई लिएर सत्ताको मुख्य घटक एमालेले असन्तुष्टि पोख्दै आएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।