२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

‘बालमैत्री विद्यालय’ बन्यो अमर

हेटौंडा । चाइनाक्वार्टरमा रहेको अमर माध्यमिक विद्यालयलाई ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको छ । हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले विद्यालयले बालमैत्री घोषणाका लागि आवश्यक २६ सूचक पूरा गरेसँगै बालमैत्री स्थानीय शासनयुक्त विद्यालय घोषणा गर्नुभएको हो ।

बालमैत्री विद्यालय घोषणा गर्दै नगर प्रमुख लामाले भोलिका कर्णाधारलाई सक्रिय बनाउन उपमहानगरले योजना बनाएर काम गरिरहेका बताउनुभयो । उहाँले हालको अवस्था प्रविधि र सूचनाको रहेकाले आफ्ना बालबालिकाले के गरिरहेका छन् भन्ने चासो दिँदै उनीहरुले सिकेका कुरालाई सकारात्मकढंगबाट प्रयोग गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–सूचना र प्रविधिका कारण बालबालिका अब्बल बन्दैछन् । उनीहरुको ज्ञानलाई सकारात्मकढंगबाट प्रयोग गरौं ।

उहाँले पछिल्लो समय हेटौंडा शैक्षिक गन्तव्यका रुपमा रहेको भन्दै शैक्षिक गुणस्तर सुधार गर्दै हबको रुपका अघि बढाउने नीति आगामी आर्थिक वर्षमा नगरले लिने बताउनुभयो । हालको अवस्थामा हेटौंडा दुव्र्यसनको ट्राञ्जिट बन्दै गएकाले आफ्ना बालबालिकाले गर्ने दैनिक क्रियाकलापमा अभिभावकले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो ।

विद्यालय बालसञ्जाल अध्यक्ष बिकल्प अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष सबिन न्यौपाने, हेटौंडा–१० का अध्यक्ष फुर्वा दोर्जेतामाङ, कार्यपालिका सदस्य इश्वरी रसाइली, वडा सदस्य मनु दाहाल, महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, विद्यालय व्यवस्थापन समिति सदस्य मानबहादुर लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नगरमा बालमैत्री विद्यालय घोषणामा सामुदायिकतर्फ तेस्रो विद्यालय घोषित भएको हो । यसअघि हेटौंडा–८, कमानेको चन्द्रोदय र हेटौंडा–१६ को जनप्रिय माध्यमिक विद्यालय बालमैत्री घोषित भएका छन् । संस्थागततर्फ हेटौंडा–२ को बालजागृति इङ्ग्लिस स्कुल बालमैत्री घोषणा भएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।