काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभागको जिम्मेवारी हेरफेर गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले चार विभागका प्रमुख हेरफेर गरेका हुन्। अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी भने अध्यक्ष लिङ्देनले नै राखेका छन् ।
संयोजित संगठन समन्वय विभाग प्रमुखमा गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभाग प्रमुखमा धनबहादुर बुढा र युवा विभाग प्रमुखमा प्रकाश रिमाल रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
