२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

चक्कु प्रहारबाट गम्भीर घाइते भएका २४ वर्षीय युवाको मृत्यु

दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय युवा गोरखलाल खड्काको उपचारको क्रममा बिहीवार मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जले पनि उपचार सम्भव नभएको भन्दै भारत पठाएको थियो ।

खड्कालाई मङ्गलबार राति घर नजिकै बसिरहेको अवस्थामा युवाको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षीय विकास पुनलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।