२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित, पदाधिकारीमा प्रतिस्पर्धा हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट यादव निर्विरोध अध्यक्ष निर्वाचित भएको जसपा नेपालका नेता महेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटकपटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा यादव नै रहिरहेका छन् ।

अध्यक्षबाहेक अन्य पदमा भने नेताहरूको उम्मेदवार परेको छ । नामावली भने सार्वजनिक भइसकेको छैन ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समिति चयन हुने छ ।

समितिमा पदाधिकारी २०, सदस्य १८१ गरी २०१ सदस्यीय केन्द्रीय समिति रहने छन् । पदाधिकारीमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना रहने प्रावधान छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।