२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

यादव पक्ष माओवादीमा मिसिन लागेपछि नेसपाले बोलायो कार्यकारिणी र केन्द्रिय समितिको बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महेन्द्रराय यादव पक्ष बीच एकता गर्ने सहमति भए पछी अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले केन्द्रीय कार्यकारिणी बैठक डाकेको छ ।

यादव पक्षका नेताहरुले माओवादीसँग एकताको लागि आज मात्रै चार बुँदे सहमति गरेको छ । सोही विषयमा छलफल गर्नका लागि भोलि कार्यकारिणी र पर्सि केन्द्रीय समितिको बैठक बोलाइएको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जनाएका छन् । बैठकले पार्टी छाडेर जानेहरुविरुद्ध कारवाहीको निर्णय लिने पोखरेलले बताए ।

नेसपाका संघीय तथा प्रदेश सांसदहरू माओवादीको चिह्न लिएर निर्वाचन लडेका थिए । उनीहरुले अहिले माओवादीको परिचयपत्र बोके पनि उनीहरु नेपाल समाजवादी पार्टीको सांसद भएको दाबी सहिद आफूहरू अदालती प्रक्रियामा अघि बढेको उनले बताए ।

यादव पक्षले सिंगो नेकपा नै माओवादीसँग पार्टी एकता गर्न लागेको दाबी गर्दै आफूहरुसँग बहुमत रहेको बताउँदै आइरहेको छ। भट्टराई पक्षले भने पार्टी विभाजनमा यादवलाई १० प्रतिशत केन्द्रीय सदस्यको साथ नहुने दाबी गरेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।