२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक द्वारा ८ वटा पालिकालाई ७ बुँदे ध्यानाकर्षण पत्र

सिन्धुपाल्चोक । अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला समिति द्वारा ८ वटा पालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अखिल क्रान्तिकारी सिन्धुपाल्चोकले विभिन्न ७ बुँदा सहितको ध्यानाकर्षण पत्र बुझाएको अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष निश्चल सन्जेलले बताए ।

अखिल क्रान्तिकारी सिन्धुपाल्चोकको जेठ १५ गते बसेको सचिवालय स्तरीय बैठकको निर्णयअनुसार सिन्धुपाल्चोक जिल्लाभित्र रहेका १२ वटै स्थानीय तहमा विभिन्न मुद्वामा केन्द्रित रहेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको र हिजो ८ वटा पालिकाहरुमा सफलताका साथ ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ हिजो सम्पन्न हुन नसकेका बाक़ी पालिकाहरूमा भोली ज्ञापन पत्र बुझाउने तालिका रहेको अध्यक्ष सन्जेलले जानकारी दिए ।

गत वैशाख ११ गते अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समितिले जिल्ला भित्र रहेका सामुदायिक र निजी विद्यालयहरुले भर्ना शुल्क लगायत विभिन्न सेवाका नाममा अनावश्यक शुल्क असुलि गर्ने गरेको शुल्क खारेज गर्न र निजी शिक्षण संस्थाहरूले अनावश्यक रुपमा लिने गरेको शुल्क खारेज गर्न बिज्ञप्ति मार्फत माग गरेको थियो ।

पटक-पटक सूचना दिदा पनि पालिकाहरुले माग कार्यन्वयन नगरेको र बाध्य भएर प्रतेक पालिकामा ज्ञापन पत्र बुझाएको सन्जेलले बताए ।

८ वटा पालिकालाई बुझाएको ७ बुँदे ध्यानाकर्षण पत्र

  • नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ को उपधारा २ मा राज्यबाट आधारभूत तह सम्मको शिक्षा अनिवार्य र माध्यामिक तहसम्मको शिक्षा निशुल्क पाउनुपर्ने भनि मौलिक हकको रुपमा दर्ज गरेतापनि विद्यालयहरुले मनोमानी ढंगबाट शुल्क लिने गरेको पाइएकोले संविधानको उक्त मौलिक हकलाई कार्यान्वयन गरियोस् ।
  • राज्यद्वारा निशुल्क वितरित पाठ्यपुस्तक भएतापनि विद्यार्थीहरुलाई कापी, लेखन सामाग्री शैक्षिक सामाग्रीहरुको निशुल्क रुपमा व्यवस्था गरियोस् ।
  • विद्यालयहरुको भौतिक संरचना राम्रो भएतापनि उचित प्रयोग नभएको, लाइब्रेरीलाई व्यवस्थित गर्दै ई- लाइब्रेरी बनाउनु पर्ने र हाल विश्व प्रविधि युगमा प्रवेश गरेको हुनाले सम्पूर्ण विद्यालयमा डिजीटल बोर्ड लगायत आवश्यक शैक्षिक सामाग्रीहरुको व्यवस्था गरियोस् ।
  • शिक्षामा गुणस्तरीयता प्राप्त गर्नका लागि शिक्षकहरुलाई शिक्षण विधि एवंम् प्रविधिहरु लगायतमा नियमित तालिम र क्षमता अभिविद्वी कार्यक्रमहरु संचालन गरियोस् ।
  • माध्यामिक तहको शिक्षा पश्चात विद्यार्थीहरुमा अन्योलता पैदा हुने भएकोले उनीहरुलाई अतिरिक्त कक्षा जस्तै: लोकसेवा, व्यावसायिक एवं व्यावहारिक कक्षाहरु संचालन गरियोस् ।
  • अभिभावक र समुदायको सक्रिय सहभागिता विना शिक्षाको गुणस्तर सुधार सम्भव नभएको हुदा समुदाय तथा अभिभावकलाई जागरुक बनाउने अभियान संचालन गरियोस् ।
  • पालिका भित्र रहेका २ क्याम्पसमा नीतिगत रुपमा शैक्षिक सुधार एवं विद्यार्थी आकर्षण कार्यक्रम संचालन गरियोस् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।