२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन भए ।

धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९–१८ ले पराजित ग¥यो ।

गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५–८ ले हरायो । दुवै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ तथा गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई हेराल्डका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, सिफ्ट तथा इसीए इन्चार्ज मदनप्रसाद फुयाल, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नगद पुरस्कारसहित सहभागी सबै खेलाडीलाई हेराल्डमा प्लस टु अध्ययन गर्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । विजेता टोलीका खेलाडीले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र सहभागी खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । दुईदिने प्रतियोगिताको ब्वाइजमा ६५ तथा गल्र्समा ३२ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।