२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

रामेछापका  ५ स्थानमा  एकैपटक `उद्यमी बनाै स्वदेशमै रमाै´ शीर्षकमा वक्तृत्वकला सम्पन्न 

रामेछाप । रामेछाप जिल्लाको  पाँच ठाउँमा एकैपटक `उद्यमी बनाै स्वदेशमै रमाै´ शीर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । 

रामेछाप काठमाडौँ सृजनशिल समाजको आयोजनामा शुक्रवार कार्यक्रम सम्पन्न गरिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए । 

उनले दिएको जानकारी अनुसार खाँडादेवी गाउँपालिकाको बुद्ध भवानी मावि,मन्थली नगरपालिकाको श्री भुमेश्वर रुद्र उच्च मावि ,सिक्राल मावि ,उमाकुण्डको सिद्वेस्वर मावि र लिखु तामाकोसी गाउँपालिका तिल्पुङ स्थित नवदर्शन माविमा सम्पन्न भएको हो ।

खाँडादेविको बुद्ध भवानी मावि माकादुममा ७ विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेकोे थियो ।  उक्त प्रतियोगितामा श्री बुद्ध भवानी माविका रश्मी भुजेल प्रथम , श्री बिष्णु जनज्योति माविका जान्हबी केसी द्दितीय र श्री भारती माविका मेगर्पा राम्चु खड्का  तृतीय भएको थियो ।

समाजले एकैदिन २० विद्यालयहरुको सहभागितामा पाँच स्थानमा कार्यक्रम सम्पन्न गरिएको यो पहिलोपटक हो । 

स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको यस संस्थाले अहिले शिक्षाको गुणस्तरमा परिवर्तन गर्ने उदेश्यले विभिन्न विद्यालयमा पुगेर शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।