२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

सुन जस्तो देखिने पहेंलो धातुसहित चार जना पक्राउ

काठमाडौं: भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुको सिक्री १ थान र करिब ६९ ग्राम ९९ मिलिग्राम सुन जस्तो देखिने पंहेलो धातुको काँचो डल्लोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३१ वर्षीय सरोज कोईराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम रहेका छन् । कतार एयर उडानद्वारा नेपाल आएका कोईरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

   यसैगरी काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थानसहित २ जनालाई  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्‍गा नगरपालिका-५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका-६ बस्ने ३७ वर्षीय ज्याउदिन मिंया रहेका छन् । कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

 उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।