काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठ्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ ।
शुक्रवार नापी विभागमा सम्पन भएको समितिको छैटौं अधिवेशनबाट मोहन रानाको नेतृत्त्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष रानाले दिएकाे जानकारी अनुसार संगठनको विधान २०६४ पाँचौ संशोधन २०७९ को अनुसुचि ३ बमोजिम १७ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष मोहन राना सँगै उपाध्यक्षमा अर्जुन दुलाल, रेनु ओली, बुद्धी बस्नेत ,सचिवमा लक्ष्मण विष्ट र सह सचिवमा पुजा देवकोटा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा डोल्मा तामाङ सदस्यहरुमा शिवहरी चौहान, नुतन यादव ,सुस्मिता श्रेष्ठ ,धन सुन्दर न्यौपाने ,चन्द्र बहादुर सिंह ,हिरा कट्टेल,कुबेर जङ्ग खड्का, अनु मगर ,अनुराग दर्लामी मगर र हरिहर अर्याल रहेका छन् ।