२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

भारतको विपक्षी दलका नेतामा राहुल गान्धी नियुक्त

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई संसद्‌मा भारतको विपक्षीको नेतृत्व गर्न शनिबार मनोनयन गरिएको छ ।

मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा०लाई बहुमतबाट वञ्चित गरेको थियो । त्यसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो ।

गान्धीले विश्लेषकको अपेक्षा र ‘एक्जिट पोल’लाई बेवास्ता गर्दै आफ्नो पार्टी ९कांग्रेस०लाई संसदीय संख्यामा लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशकअघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो ।

शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताका रूपमा चयनका निम्ति सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि खाली थियो ।

गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुन् भने स्वतन्त्रता नेता जवाहरलाल नेहरूबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति हुन् । एएफपी

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।