२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

करिब ८० किलो गाँजासहित दुई जना पक्राउ

बारा : जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१० रिकाटार बस्ने २५ वर्षीय मान बहादुर वाईवा र मकवानपुर राक्सीराङ गाउँपालिका-५ बस्ने २६ वर्षीय सुमन स्याङताङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा.१० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकिमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी कार चालक मान बहादुर र कारमा सवार सुमनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।