२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

‘अब खानिखोलाको जनताले उत्पादन गर्ने हरेक सामाग्री गाँउपालिकाले खरिदबिक्रि गर्छ’:अध्यक्ष छिन्ताङ

काभ्रे । खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ) ले खानिखोलाको जनताले उत्पादन गर्ने हरेक सामाग्री गाँउपालिकाले खरिदबिक्रि गर्ने बताएका छन् ।

शुक्रबार ताल्ढुँगामा बागमती प्रदेशको मुखयमन्त्री शालिकराम जम्कट्टेलले प्रमुख आतिथ्यमा सम्पन्न भएको गाउँपालिकाको प्रशासकीय भवन र जनमुक्ति मार्ग शिलान्यास रस्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन् ।

‘खानिखाेलाकाे जनातले जे उत्पादन गर्नुहुन्छ । कृषिकाे जुनसुकै हाेस् । तपाइहरु उत्पादन गर्नुस ‘-अध्यक्ष छिन्ताङले भने ‘काेदाे,फर्सि, सरखण्ड ,धान , मकै जे होस् , त्यो ल्याउनुस । अब हामी खरिदबिक्रि केन्द्रबाट तपाईहरुको उत्पादन किन्छौं र बेच्छौँ । यँहा बिक्रि नभएकोलाई हेटाैँडा लान्छाैँ । ‘ यसबाट जनतालाई केहि आर्थिक फाइदा हुने उनको विश्वास छ ।

यस्तै विकट भनेर चिनेको खानिखोलामा विस्तारै सडक पूर्वाधारको विकास,स्थानीय उत्पादन बृद्धि र बजारीकरण,स्वास्थ्य,शिक्षा र खानेपानी लगायतको क्षेत्रमा परिवर्तन हुँदै आएको उनले बताए ।

उनले जनमुक्ति मार्ग निर्माण भएपछि विरामी परेकालाई एम्बुलेन्स मार्फत तत्काल उपचारमा लैजान र जनतालाई व्यापारिक रुपमा जोड्न सहज हुने बताए । उनले तालढुंगा सिक्रेदोभान ४ किलोमिटर खण्ड र सिक्रेदोभान झुरझुरेसम्मको १२ किलोमिटर ४४ करोड ठेक्का लागेर शिलान्यासको चरणमा रहेको पनि जानकारी दिए ।

त्यस्तै उनले जनतालाई उत्पादनमा ध्यान दिन आग्रह गर्दै व्यक्ति केन्द्रीत अनुदान भन्दा पनि उत्पादनको आधारमा अनुदान दिने पनि बताएका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।