२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

२०८४ सम्म नेपाली कांग्रेस सरकार बनाउन र गिराउन लाग्दैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सरकार बनाउन र गिराउन नलाग्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।

महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्न भने नहुने बताए ।

कांग्रेस संसद्को ठूलो दल र संविधान निर्माण गर्दा नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको महामन्त्री थापाको भनाइ छ । उनले संविधानमा केही कुरा संशोधनका लागि अन्य राजनीतिक दलसँग कुराकानीमा रहने बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।