२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

मोरङ : बिराटनगर महानगरपालिका-१६ दक्षिण गेट शिव मन्दिरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३८ वर्षीय पप्पु पाठकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, डाइजेपाम २० एम्पुल र प्रोमेथाइजिन हाइड्रोक्लोराइड २० एम्पुल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही, रुपन्देही उपमहानगरपालिका -२ फुलबारी बस्ने २३ वर्षीय यम बहादुर सुनार र मणिग्राम नगरपालिका-१२  बस्ने २४ वर्षीय सेखर कुमार खड्का रहेका छन् । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १५३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ९० ट्याब्लेटसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-७ बस्ने २० वर्षीय सरोज परियार र मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ बस्ने २० वर्षीय अनिष बजगाई रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।