काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट बिधार्थी सङ्गठन अखिल क्रान्तिकारीले केन्द्रिय कार्यविभाजन उप-समितिको समन्वयमा “हामी सुधार्छौँ, हाम्रो विद्यालय अभियान” अन्तरगत एक महिनाको लागि १०० जना संगठित सदस्यहरुलाई शैक्षिक स्वयंसेवक बनाएर सामुदायिक विद्यालयहरुमा पठाउने भएको छ ।
सामुदायिक बिद्यालयको स्तर खस्किदै गरेको र विधार्थीहरुलाई निजि भन्दा सामुदायिक बिद्यालय तर्फ आकर्षित बनाउने लक्ष सहित “हामी सुधार्छौँ, हाम्रो विद्यालय अभियान” सुरु गरेको अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए ।
सङ्गठनमा आबद्ध भएर विभिन्न विश्वविद्यालय अध्यनरत विधार्थीहरु मध्यबाट १०० जना छोनोट गरेर सामुदायिक बिद्यालयमा पठाउने रेग्मीले बताए । असार १५ गते देखि साउन ३० गते सम्म आफ्नो समय अनुसार ३० दिन सामुदायिक बिद्यालयमा शैक्षिक स्वयंसेवक बनाएर पठाउने रेग्मीले बताए ।
पढाउन कामको लागि इच्छुक संगठनका सदस्यहरुले कर कोड स्क्यान गरेर वा तल दिएको गूगल लिंक बाट फारम भर्ना सक्नु हुने छ ।
फारमको link :
https://forms.gle/nenBCQLPjnaVNv217
