२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

रायडेनलाई स्वर्ण,याङजुनलाई कांस्य

काठमाडौं । बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् ।


त्यस्तै अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जिते । उनले १५–१६ वर्ष उमेरसमूहको एडभान्स कुमुतेमा सफलता पाएका हुन् ।
प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट ४ खेलाडीले सहभागिता जनाएका थिए । १०–११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए ।


टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।