२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

राखेप र राष्ट्रिय खेल संघको क्यालेन्डर सार्वजनिक

काठमाडौें । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१÷०८२ को क्यालेन्डर मंगलबार सार्वजनिक गरेका छन् ।

राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेभसाइटमा पनि राखिएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यन्वयन भएकोमा खुशी व्यक्त गर्दै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र सारोकारवाला सबैलाई धन्यवाद दिए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनैपनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउदै कार्यन्वयन पक्षमा पनि जोड दिनु पर्ने आवश्यकता औल्याए ।

सदस्य–सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसंगै राखेपले पूर्वाधारको विवरण पनि सार्वनजिक गर्ने बताउनु हुँदै क्रमैसंग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने बताउनु भयो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।