२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

बालेनको अभिव्यक्तिले आफ्नै पदीय मर्यादालाई होचो बनाएको छ :एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दिएको अभिव्यक्तिले आफ्नै पदीय मर्यादालाई होचो बनाएको प्रतिक्रिया दिएका छन् । बालेनले निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको उनले जिकिर गरे ।

‘यो असाध्यै गलत ढंगलबाट विषयवस्तुहरु आयो । महानगरपालिकाका मेयरजीले जुन ढंगबाट असाध्यै तल्लोस्तरबाट टिप्पणीहरु जसरी गरिरहनु भएको छ’उनले भने,‘त्यो राम्रो होइन । उहाँ स्वयमले त्यो संस्थाको गरिमालाई गिज्याईरहनु भएको छ । मेयर जस्तो एउटा सम्माननित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीहरुले असाध्यै होचो बनाइरहेको छ ।’

उनले भने–‘उहाँले यो देशको नेतृत्वहरुप्रति, पूर्वप्रधानमन्त्रीहरु प्रति जुन ढंगबाट सधै निम्छरो तरिकाले अशिष्ट, उदण्ड तरिकाका साथ जे प्रश्तुती गरिरहनु भएको छ । यो राम्रो छैन । यसले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने, कहिले सिंहदरवार जलाई दिन्छु भन्ने, कहिले के भन्ने ।’

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।