२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

नीतीश कुमारलाई भारतको प्रधानमन्त्री बनाउन लबिङ सुरू

काठमाडौं । लोकसभा निर्वाचन २०२४ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याउने भएपछि जनता दल (युनाइटेड)– जेडी (यू)ले नीतीश कुमारलाई भारतको प्रधानमन्त्री बनाउनको लागि लबिङ सुरू गरेका छन् ।

भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा जेडी (यू) रहे पनि भाजपा एक्लैले बहुमत नल्याउने भएपछि नयाँ चलखेल सुरू भएको हो ।

५४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा बहुमतको पुर्याउन २७२ आवश्यक पर्छ । प्रारम्भिक मतगणनाअनुसार भाजपा एक्लैले २४० सिटको हाराहारीमा जित्ने देखिएको छ । एनडीयूले २९४ सिटको हाराहारीमा ल्याउने देखिन्छ ।

नीतीश कुमारको पार्टी जेडी (यू) एमएलसी खालिद अनवरले मंगलबार दिएको अभिव्यक्तिले एनडीयूमा फुट आउने संकेत गरेको छ । ‘अब भारतको प्रधानमन्त्री को होला ?’ भनि मिडियाले सोधेको प्रश्नमा खालिद अनवरले भने, “नीतीश कुमार ।” उनले यस्तो अभिव्यत्ति दिएपछि भारतीय राजनीति तातेको छ ।

उनले थप स्पष्ट पारे, “नीतीश कुमारभन्दा राम्रो प्रधानमन्त्री को हुन सक्छ रु नीतीश कुमार एक अनुभवी राजनेता हुन्, जसले समाज र देशलाई बुझेका छन् । उनले सबै लोकतान्त्रिक संस्थाको सम्मान गर्छन् । हामी अहिले एनडीए गठबन्धनको हिस्सा छौँ, तर पहिला पनि र अहिले पनि जनता नीतीश कुमार प्रधानमन्त्री बनुन् भन्ने चाहन्छन् । आजको परिणापछि यो आशा झन बढेको छ ।”

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।