२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

बालेनलाई एमाले सांसद योगेशले चेतावनी दिँदै के भने ?

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले संयमता गुमाउँदै गएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टराईले महानगरपालिकाका मेयर बालेनले ऋषिमुनि, बुद्धले बनाएको सभ्यतामाथि धावा बोलेको समेत आरोप लगाएका छन्।

‘काठमाडौं महानगर राजधानी हो। यहाँका जनप्रतिनिधिले सभ्यताको प्रतिनिधित्व गर्छन्। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छन्। ऋषिमुनिहरूले बनाएको सभ्यता छ। बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यतामाथि धावा बोेलिँदैछ। २०५४ सालमा हामीले चुनाव जितेपछि काठमाडौंलाई सभ्य सहर बनायौं,’ उनले भने।

‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, एमालेका अध्यक्षले बोक्नुपर्ने, म काठमाडौं महानगरपालिकाका प्रमुखमा बालेन शाह निर्वाचित भएर आएपछि हाम्रो पार्टी अध्यक्षले तबला उपहार दिनुभएको थियो,’ उनले भने, ‘किन ड्रम नदिएर तबला दिनुभयो। ड्रम त उहाँले बजाएरै आउनुभएको थियो। सोची विचार गरिकन तबला उपहार दिनुभयो। त्यसको अर्थ हो अब तपाईं तबलाको धुनमा काम गर्नुहोस्। तबलाको अर्थ हो– करुणा, प्रेम, सद्भाव, संयम हो।’

भट्टराईले उत्तेजना फैलाउने, उच्छृंखल गतिविधि गर्ने काम बन्द गर्न मेयर शाहलाई चेतावनी दिँदै भने, “तपाईंमार्फत लाखौँ युवाहरूले भविष्य खोजेको हो । पछिल्लो दिनमा तपाईं जसरी जाँदै हुनुहुन्छ युवाहरूको सपना लतार्दै हुनुहुन्छ ।”

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।