२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

सलमान खानमाथि आक्रम गर्ने खोज्ने चार जना पक्राउ

काठमाडौं । भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खानमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

यसअघि फेब्रूअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६/१७ जनाले पनवेलमा रेके गरेको मुम्बई प्रहरीले जनाएको छ।

नवी मुम्बई प्रहरीका अनुसार खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षड्यन्त्र रचिएको थियो र यस सम्बन्धमा गत हप्ता चार जनालाई पक्राउ गरिएको हो ।

गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो ।

प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेको प्रहरीको दाबी छ ।

बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उपायुक्त विवेक पानसरेले भने, ‘हामीले चार जनालाई पक्राउ गरेका छौँ ।’

आरोपितहरूले लामो समयदेखि अभिनेतामाथि आक्रमण गर्ने षड्यन्त्र गरिरहेका थिए । रेकी गर्न उनी पनवेलमा पनि बसेको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।