२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

रामेछापको अग्नि पिडितलार्ई राहतको व्यवस्था गर्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई बुझाए सांसद श्रेष्ठले पत्र

रामेछाप । विहिबार रामेछाप नगरपालिका ९ स्थित टार गाउँमा भएको आगोलागि बाट पिडित भएकाहरुलार्ई तत्काल राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुस्प कमल दाहाल(प्रचण्ड) लाई बाग्मती प्रदेश सभा सदस्य तारानाराय श्रेष्ठले अनुरोध गरेका छन ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर रामेछाप जिल्ला प्रदेश सभा १ बाट निर्वाचित सांसद श्रेष्ठले अग्नी पिडितहरुलाई तत्काल राहतको व्यवस्थापनको लागि अनुरोध गर्दै पत्र बुझाएका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित पक्षसँग समन्वय गरेर सरकारको तर्फबाट अग्नी पिडितहरुलाई गर्नुपर्ने जिम्मेवारी बाट पछि नहट्ने प्रतिबद्धता जनाएको सांसद श्रेष्ठले खबर पेटिकालाई बताए । ‘हिजो रामेछापको टारमा जुन आगोलागि भएको छ । त्यो दुखद छ । आज प्रधानमन्त्रीलाई भेटेर घटनाको बारेमा जानकारी गराएर राहतको लागि अनुरोध गरेको छु, ।’ सांसद श्रेष्ठले भने ‘प्रधानमन्त्री ज्युले सकारात्मक रुपमा लिनुभएको छ । उहाँले सम्बन्धित पक्षसँग समन्वय गरेर राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।’

सांसद श्रेष्ठले विहिबार दिउँसो अन्दाजी १ बजेतिर भीषण आगलागि भई स्थानीय बासिन्दाको घर गोठ,पशु चौपाया, लत्ता कपडा तथा अन्नपातको पुर्ण क्षती भई सिंगो गाउँ नै घरबास विहिन भएको उल्लेख गरेका छन् । त्यस्तै उनले बाग्मती प्रदेशका मुखयमन्त्री शालिकराम जमकटेललाई पनि राहतको लागि अनुरोध गरिएको जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।