२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

विद्युतको माग बढी भएकाले नेपालगञ्जमा एक सय ५० नयाँ ‘ट्रान्सफर्मर’ थप्नुपर्ने

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युतको माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युतसँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले तदारुकताका साथ तत्काल समस्या समाधानको पहल गरिरहेको बताउनुभयो । उहाँले विद्युत अनियमित हुन नदिन वितरण केन्द्रले चारवटा ‘सर्किट’ मार्फत विद्युत आपूर्ति गरिरहेको उहाँले जानकारी दिनुुभयो ।

“हुरी तथा ओभर लोडका कारण हुने समस्या समाधानका लागि तत्काल मर्मतको काम गरिरहेका छौँ, बिग्रेका र पुराना ट्रान्सफर्मर बदल्न एक सय ५० नयाँ ट्रान्सफर्मर माग भरेका छौँ, त्यसपछि केही सजिलो हुनेछ । साथै विद्युत अनियमित नहोस् भनेर भारतबाटसमेत विद्युत आपूर्ति गर्न स्विच जडान गरिएको छ”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै एउटा समिति बनाएको छ । अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा गठित समितिले बिहीबार नेपालगञ्ज र कोहलपुर वितरण केन्द्रसँग लिखितरूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने, विद्युत नियमित गर्नका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय पहिचान गर्ने निर्णय गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । रासस

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।