२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

नारायणगढ–बुटवल सडक खण्डको काम एक हप्ताभित्र सक्न निर्देशन

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काम एक हप्ताभित्र सक्न जिल्ला प्रशासन कार्यालयले ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । सडक आयोजना र ठेकेदार कम्पनीसहित हिजो भएको छलफलमा तीन दिनभित्रमा काम शुरु गरेर एक हप्ताभित्र सक्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले उज्यालोलाई दिनुभएको जानकारीअनुसार ठेकेदार कम्पनीले एक हप्ताभित्र मर्मत नसकेमा सडक आयोजनाले हस्तक्षेप गर्नेछ । सडक मर्मत र विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन प्रालिले गरिरहेको छ ।

साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ को अन्त्यमा नारायणगढ–बुटवल सडकखण्ड विस्तार र मर्मतको काम शुरु भएको हो । यसअवधिमा सोचेअनुसार कामले गति लिन नसकेपछि दुई पटक म्याद थपिइसकेको छ ।

पछिल्लोपटक थपिएको म्याद आउँदो साउनमा सकिँदैछ । तर पनि बाटो विस्तारको कामले गति लिन सकेको छैन । बाटो विस्तार र मर्मतको काम ढिलो हुँदा सामान्य वर्षामा पनि नारायणगढ–बुटवल सडकखण्डको यात्रा कष्टकर हुने गरेको छ । अब केही दिनमै मनसुन शुरु हुने भएकाले छिटो मर्मत सक्न जिल्ला प्रशासनले ठेकेदार कम्पनीलाई निर्देशन दिएको हो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।