२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरे व्यवसायीको मनोबल उच्च हुने:अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो, बजेटले सम्बोधन गर्‍यो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ, यो स्वागतयोग्य छ,” उनले भने, “सरकारले कार्यान्वयन गर्नुपर्छ । लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो ।”

बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझावानुसार नै प्राथमिकतामा परेको अध्यक्ष ढकालले सुनाए । पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई नयाँमा नसमेटिनु दुःखद पक्ष भएको उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।