२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

रामेछाप चनखुका हरि कुमार श्रेष्ठलाई उपचारमा समस्या,सहयाेग गर्न अपिल !

काठमाडौं । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १० चनखु स्थित मादेउटारका हरि कुमार श्रेष्ठलाई उपचारमा समस्या भएको छ ।

५२ वर्षीय श्रेष्ठको आर्थिक अवस्था कमजोर भएपछि उपचारमा समस्या भएको उनका श्रीमती रमा खड्काले बताइन् । २०७८ साल माघ २२ गते काठमाडौं स्थित एक घरमा रङ लगाउने क्रममा अचानक तीन तल्लाबाट लडेर बेहोस भएका श्रेष्ठ विगत तीन वर्षदेखि उपचाररत छन् ।

‘९५ दिन सम्म भेन्टिलेटरमा राखी उपचार गरीयाे । अहिले केहि सुधार त भएकाे छ । तर, उपचार गर्दागर्दै भएकाे पैसा र सम्पति सबै सकिसक्याे’ रमाले भनिन् । उनले आफ्ना आफन्तजन र नेपालीहरुमा सहयाेग अपिल समेत गरेका छन् । ‘अब मेराे आम्दानीको स्रोत नै केहि छैन । भएकाे सम्पति र सबै पैसा सकिसक्याे ‘ रमाले भनिन् ‘आदरणीय सम्पूर्ण नेपालीहरुमा सहयाेग गर्नकाे लागि म अनुरोध गर्न चाहन्छु । कृपया सहयाेग गरिदिनुहाेला ।’

हरि कुमारकाे अहिले बाँसबारी स्थित नमन हाेम केयरमा उपचार भइरहेकाे छ । हरि कुमारलाई सहयाेग गर्न उनकाे याे खाता नम्बरमा आफुले सकेको सहयोग गर्न सक्नुहुनेछ । उनका श्रीमती रमाकाे सम्पर्क नम्बर : 9841137980 (Account Number – 01905080154093, Hari Kumar Shrestha, Nepal Investemnet Bank Limited)

उनकाे बारेमा थप बुझ्नको लागि यो लिंकमा क्लिक गरेर जानुहोला

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।