२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

यसरी रिहा भए कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।

थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको सिरोहियाका वकिल रमन कर्णले जानकारी दिए ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।

अध्यक्ष सिरोहियालाई जेठ ८ गते साँझ थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयको कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

यसरी रिहा भए कैलाश सिरोहिया

सिरोहियाको नागरिकता नम्बर राख्ने क्रममा फाँटवाला कर्मचारीले गरेको त्रुटिमा सेवाग्राही जिम्मेवार नहुने देखिएको पाइएपछि उनलाई हिरासतमुक्त गरेको सिरोहियाका तर्फबाट जिल्ला अदालतमा बहस गरेका अधिवक्ता कर्णले बताए ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।