२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

सर्मिला तामाङ र पासाङ लामाको ‘हुन्छरे मत दुइटिको पोई ’बोलको तामाङ सेलो सार्वजनिक

काठमाडौँ । गायक पासाङ लामा र गायिका सर्मिला तामाङको आवाजमा ‘हुन्छरे मत दुइटिको पोई ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका सर्मिलाकाे युट्युव च्यानलमा बुधबार सार्वजनिक गरिएकाे गितमा प्रेमि प्रेमिकाकाे बीचमा हुने मनोभावलाइ समेटेर तयार पारिएकाे देखिन्छ । जुन गितकाे शब्द गायक पासाङले लेखेका हुन् भने जोगलाल लामाले स‌‌गीत भरेका छन् । जोगलाल कै एरेन्ज रहेको गितलाई दिपेस प्रधानले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

बाबू जिम्बाको निर्देशन र मरुभुमि नारायनको छायांकन रहेको भिडियोलाई डिके हमालले सम्पादन गरेका हुन ।

भिडियोमा बाबू जिम्बा, निर्मला मोक्तान, सुस्मा तामाङ र हेमन्त लामाको अभिनय रहेको छ। यो सेलोको छायांकन भने काभ्रे भन्ज्याङमा गरिएको हाे ।

गायक पासाङ र गायिका सर्मिलाको सहकार्यमा यस अघि हावा चल्यो सिरिरि, ठुली कान्छी, ठेकिको दहि, लुगा त लाउने श्यामा र बख्खु जस्ता झण्डै आधा दर्जन गित बजारमा ल्याइसकेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।