२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

मन्थली नगरपालिका द्वारा रामेछाप नगरपालिका ९ टारमा भएको आगोलागी पीडितलाई सहयोग

रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टारमा भएको आगोलागी पीडितलाई मन्थली नगरपालिकाले सहयोग गरेको छ । शुक्रबार १३ बोरा २५ किलोको चामल, १३ बाेरा १० किलोको चिउरा र १३ कार्टुन चाउचाउ आगोलागी पिडितलाई सहयोग गरेको मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले खबर पेटिका लाई जानकारि दिए ।

‘रामेछाप नगरपालिका संग छलफल गरेर आगामी दिनमा थप सहयोग गर्ने र भोलि विपत व्यवस्थापनको बैठक बसेर कुन पालिकाले के कति सहयोग गर्ने भन्ने निर्णय हुँदैछ’  मेयर श्रेष्ठले भने ।

पीडितलाई राहत वितरण गर्न क्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, उप-मेयर इश्वोरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाई लगायतको उपस्थिति रकेहकाे थियाे ।

बिहिबार दिउँसाे जंगलमा लागेको आगो बस्तीमा पसेर १२ घर परिवारको १४ घर पूर्ण रूपमा जलेर नष्ट भएको,दुई दर्जन भन्दा बढी घरमा क्षति भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए । आगोलागीमा परेर गोठमा बाँधिएका गाई, भैँसी, गोरु र ५० वटा भन्दा बढी खसीबाख्रा आगोले जलेर मरेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।