२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

एस कप प्लस टु बास्केटबल आजदेखि

काठमाडौं । एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।


प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ गरी ४४ टिमको सहभागिता रहने आयोजक एसका प्रोग्राम म्यानेजर कौशलराज पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।


प्रोग्राम म्यानेजर पौडेलले युवा खेलाडीलाई खेलकुदमा आकर्षित गर्न र विद्यालयबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता आयोजना गरिएको बताउदै प्रतियोगिताबाट प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट भौचर प्रदान गरिने छ ।
तीनदिने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

पत्रकार सम्मेलनमा एसका सहायक प्रोग्राम म्यानेजर सविन पाठक र प्रशासकीय अधिकृत आशिष न्यौपानेले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।