२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

सूर्य थापाको नेतृत्वमा सहकारीसम्बन्धी संसदीय छानबिन समिति गठन

काठमाडौँ । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको छ।

नेकपा (एमाले) का सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको हो । मंगलबार साँझ बसेको प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठन गरिएको हो।

समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने सदस्य छन् भने एमालेबाट थापा र सरिता भुसाल तथा नेकपा (माओवादी केन्द्र) बाट राजन दाहाल सदस्य छन् ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाएका छन् । यो समितिलाई सभाले सहमति जनाएको सभामुख घिमिरेले घोषणा गरेका थिए।

यो समितिको कार्यअवधि तीन महिनासम्मको हुनेछ । सहकारीको बचत ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।

लामिछानेको नाम र पद उल्लेख नगरी उनी पहिले प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कको नाम राखेर संसदीय छानबिन समिति गठन भएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।