२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

एनसेलले तिर्‍यो पहिलो किस्ताको ४ अर्ब, अनुमति पत्र नवीकरण गर्न निवेदन दर्ता

काठमाडाैं | निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जीएसएम मोबाइल सेवाको अनुमति पत्र नवीकरणका लागि निवेदन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई सोमबार ४ अर्ब रुपैयाँ बुझाउँदै एनसेलले तेस्रो नवीकरणका लागि किस्ता सुविधा माग गरेको छ ।

अनुमति पत्रको म्याद सकिनुभन्दा तीन महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने कानूनी प्रावधान छ । एनसेलको अनुमति पत्रको म्याद आगामी भदौ १६ गते सकिँदैछ ।

यस पटकको नवीकरणबाट कम्पनीले आगामी ५ वर्ष अर्थात २०८६ सम्म सेवा सञ्चालन गर्न पाउनेछ ।

पहिलो १० वर्षपश्चात प्रत्येक ५/५ वर्षमा २० अर्ब रुपैयाँ तिरेर अनुमति पत्र नवीकरण गर्नुपर्ने प्रावधान छ । ​​

यसअधि पनि सरकारले नेपाल टेलिकम र एनसेललाई पहिलो र दोस्रो नवीकरणका लागि किस्तामा सुविधा उपलब्ध गराएको थियो ।

हालै मात्र सरकारले नेपाल टेलिकमबाट तेस्रो नवीकरणको शुल्क पाँच वर्षपश्चात संकलन गरेको थियो । कानूनतः सो शुल्क प्राधिकरणले २०७६ सालमा नै उठाउनु पर्ने थियो ।

किस्ता सुविधाका बारेमा प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चाँडै निर्णय लिने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।