२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

बजेट ठीक छ, राजश्व उठाउने चुनौती छ- पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री युवराज खतिवडाले बजेटको मूलभूत पक्ष ठीक रहेको प्रतिक्रिया दिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेटमाथि प्रतिक्रिया दिँदै उनले राजश्व उठाउन चुनौतीपूर्ण रहेको बताए ।

‘मूलभूत रूपमा बजेट ठीक छ,’ उनले भने, ‘कार्यक्रम धेरै महत्त्वाकांक्षी छन् । तर राजश्व उठाउने चुनौती छ ।’

उनले राजश्व उठाउन गाह्रो परे नयाँ कार्यक्रम कार्यान्वयन गर्न नसकिने बताए । देशको सबै समस्या बजेटले एकैपटक समाधान गर्न नसक्ने उनले बताए ।

‘कतिपय समस्या सुशासनका माध्यमबाट हल गर्ने हो,’ उनले भने, ‘स्थानीय तह र प्रदेशसँग समन्वय गरेर कतिपय समस्या हल गर्नुपर्छ ।’

उनले सुशासनका माध्यमबाट लगानी बढ्ने र आर्थिक प्रगति हुने उनले विश्वास गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।