२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

सलमानको आगामी फिल्म ‘सिकंदर’मा रश्मिकासँगै कटप्पाको इन्ट्री

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा दक्षिण भारतका चर्चित अभिनेता सत्यराजको इन्ट्री भएको छ । एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनी खलनायकको भूमिकामा देखिने चर्चा छ । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।

अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा ‘सिकन्दर’मा आफूलाई कास्ट गरिएको बताए । यस फिल्ममा आफू खलनायकको भूमिकामा देखिने पनि उनले बताएका थिए । फिल्ममा सलमान मुख्य भूमिकामा हुनेछन् । उनको अपोजिटमा रश्मिका मन्डनालाई काष्ट गरिएको छ । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।

पहिलो पटक बन्दैछ सलमान–रश्मिकाको जोडी

यस महिनाको सुरुमा, निर्माताहरूले फिल्मसँग सम्बन्धित नयाँ घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले बताएको थियो । यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक एआर मुरुगादासले निर्देशन गर्नेछन् ।

फिल्म आगामी वर्षको इदमा रिलिज हुने बताइएको छ । निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’लगायत धेरै हिट फिल्म दिइसकेका छन् । ‘सिकंदर’ अघि मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’मा सँगै काम गरेका थिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।